चन्द्रपुर , १२ भदौ. । डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रको सरुवा भएको छ । उनको ठाउँमाल हेमन्त शाह आएका छन् । डिभिजन वन कार्यालय रौतहटमा मिश्रा रहुन्जली रौतहटमा व्यापक हानी नोक्सानी भएको थियो । रौतहटकै स्थानीय बासिन्दासमेत रहेका मिश्राको कार्यकालमा रौतहटको जुडिबेला र बलरीको वनमा व्यापक हानि नोक्सानी भएको थियो ।
हालसालै जिल्लाको जुडिबेला वन क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा सुकुम्बासीका नाममा व्यापक रुपमा वन फडानी हुँदा समेत वन कर्मचारी कानमा तेल हालेर बसेका छन् । वन कर्मचारीकै मिलो महत्वमा जोडीबेलाको सानो खरियान भन्ने स्थानमा व्यापक रुपमा राष्ट्रिय वन फडानी गरेर खेतीयोग्य जमिन बनाइएको छ । डिभिजन वन कार्यालय रौतहटमा हालै सरुवा भएर आएका नयाँ कार्यालय प्रमुखले समेत रौतहटको वनको विनाश रोक्ने सम्भावना न्यून रहेको स्थानीयको भनाइ रहेको छ।