रौतहट,१५ भदौ ।
आफूलाई समाजसेवी बताउने चन्द्रनिगाहपुरका शेख वाइड अलि उर्फ फुलबाबु पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले फुलबाबुलाई शनिबार साँझ चन्द्रनिगाहपुरबाट पक्राउ गरेको थियो ।
देवाई गोनाई नगरपालिका ठेगाना भएर चन्द्रनिगापुरमा बसोबास गर्ने पुल बाबुलाई हत्या अभियोगमा गरुडा प्रहरीले पक्राउ गरेर लगेको आशंका गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार गरुडा प्रहरी र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले फुलबाबुलाई पक्राउ गरेर गरुडा लगेको हो ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका फुलबाबुलाई पक्राउ गरेर गरुडा लगेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राईले जानकारी दिएका छन् ।
पक्राउ परेका फूलबाबु विरुद्ध विभिन्न उजुरीहरू रहेको बुझिएको छ । उनले आफ्नो गाउँ करुनियादेखि चन्द्रनिगाहपुरका विभिन्न स्थानका सर्वसाधारणको जग्गा पास गरेर मिटर ब्याजीमा पैसा लगाउने गरेका थिए । सर्वसाधारणलाई अदालत तथा विभिन्न स्थानमा उजुरी दिएर फसाउँदै आएका फूलबाबु अन्तत आफै फसेका छन् । मिटर ब्याजीका नामले समेत चन्द्रपुर नगर क्षेत्रमा परिचित रहेका फुलबाबुद्वारा पीडितहरूले जिल्ला प्रशासन कार्यालय रौतहटमा उनी विरुद्ध मिटर ब्याजीको दर्जनौं उजुरी समेत दिएका थिए ।
चन्द्रनिगाहपुरबाट पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ ।