रौतहट,१५ कार्तिक । डिभिजन वन कार्यालय रौतहटले दुई थान सालको गोलिया सहित एकजना काठ तस्करलाई पक्राउ गरेको छ । जङ्गल सैया साझेदारी वन क्षेत्रबाट अवैध रूपमा काँचो सालको गोलिया कटान गरेर लाँदै गरेको अवस्थामा एकजना काठ तस्कर पक्राउ परेका हुन् ।
गोलियासहित पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नं ३ का शेख उमेश रहेको डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत राजेश शाहले जानकारी दिएका छन् ।
शेख उमेशसँगै रहेका अन्य काठ तस्करको खोजी भइरहेको र उनीहरूको साथबाट दुई थान साइकल र दुई थान गोलिया बरामद गरेको सहायक वन अधिकृत शाहले जानकारी दिएका छन् । तिहारको मौका छोपेर जङ्गल छैया साझेदारी वन क्षेत्रमा काठ तस्कर सक्रिय रहेको गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालयको टोलीले सो स्थानबाट काठ तस्कर शाहलाई पक्राउ गरेको हो।