हैदाराबाद, १२ मंसिर । अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ बाट चर्चामा आएका टलिउड अभिनेता श्रीतेजमाथि एक महिलाले विवाहको बहानामा शारीरिक तथा आर्थिक शोषण गरेको आरोप लगाएकी छन् । 

ती पीडित महिलाको उजुरीको आधारमा हैदरावादको कुकटपल्ली पुलिस स्टेशनमा अभिनेता विरुद्ध मुद्दा दर्ता गरिएको छ। साथै यस विषयमा अनुसन्धान भईरहेको छ ।

इन्डिया टुडेका अनुसार ती महिलाले नोभेम्बर २५ मा हैदराबादको कुकटपल्ली पुलिस स्टेशनमा उजुरी दिएकी थिइन् । अर्चना नामकी महिलासँग पहिलेदेखि नै श्रेतेजले सम्बन्ध राख्न दबाब दिएको महिलाले बताइन् ।

यति मात्र होइन, अभिनेताले झुटो बोलेर २० लाख रुपैयाँ पनि लिएको पीडितले बताइन् । उनलाई मानसिक र आर्थिक रुपमा समेत दुव्र्यवहार गरिएको थियो ।

पीडितले गत अप्रिलमा पनि श्रीतेजविरुद्ध उजुरी दिएकी थिइन् । तर त्यसबेला अभिनेताका परिवारले सबै समस्या छिट्टै समाधान हुने आश्वासन दिएकाले उनले आफ्नो गुनासो फिर्ता लिएका थिए ।