रौतहट । भारतको मुम्बई रायगडमा भएको छैटौं अन्तरास्ट्रिय कराँते प्रतियोगितामा नेपाल को प्रतिनिधित्व गर्दै मकवानपुर जिल्ला हेटौंडा मेन डोजोका खेलाडी श्रेया श्रेष्ठले आज पहिलो दिन भएको एकल काता तर्फ प्रथम गर्नुको साथै ५० केजि तौल समुहमा पनि प्रथम हुन सफल भएकी छन् ।

सो प्रतियोगितामा नेपाली खेलाडीहरूको सहभागिता रहेको छ। अन्य तौल समूहका प्रतियोगिताहरू हुँदै गरेको र ती तौल समूहमा समेत नेपाली खेलाडीले अब्बल प्रदर्शन गर्ने आकलन गरिएको कराते प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।