रौतहट ११ फागुन । गौर क्षेत्रमा सद्भाव र्यालीपछि बजार खुलेको छ र कर्फ्यु समेत पूर्ण रूपमा हटाइएको छ। तर उता Parsaमा भने स्थिति तनावग्रस्त बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको छ।
Birgunj महानगरपालिका–११, श्रीपुर टोलमा आइतबार बेलुकी दुई समूहबीच विवाद र कुटपिट भएपछि अवस्था बिग्रिँदै गएपछि राति ९:४५ बजेदेखि जिल्ला प्रशासनले कर्फ्यु लागू गरेको हो।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार कर्फ्यु क्षेत्र दक्षिणमा भन्सार, उत्तरमा गण्डक चोक, पूर्वमा बाइपास र पश्चिममा सिर्सिया नदी सम्म फैलिएको छ। कर्फ्यु अवधिभर अत्यावश्यक सेवा र सवारी सञ्चालन हुने जनाइएको छ।
पर्साका प्रमुख जिल्ला अधिकारी Bhola Dahalले जारी गरेको सूचनामा सुरक्षा स्थितिलाई नियन्त्रणमा ल्याउन कडा कदम चालिएको उल्लेख छ। कर्फ्यु लागू भएपछि ठूलो संख्यामा प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ।
पर्सा प्रहरीका प्रवक्ता Haribahadur Basnetका अनुसार केही युवाबीचको कुटपिटका कारण सुरु भएको विवादले समुदायगत तनाव लिने संकेत देखिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गरेको थियो।
हाल पनि व्यापक सुरक्षा बल तैनाथ रहेको र अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको








