रौतहट । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार अजय गुप्ताको पक्षमा स्थानियहरु खुलेरै लाग्न थालेका छन ।
लगातारको घरदैलो तथा भेटघाट कार्यक्रम पछि उम्मेदवार गुप्ताको पक्षमा जनलहर निकै बढेको छ । गौर नगरपालिकाको पूर्व मेयर समेत रहेका गुप्ता यस पटक क्षेत्र नं. १ मा बलियो देखिएको छ ।
नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तथा पूर्व उद्योग मन्त्री अनिल झा सँग प्रतिनिधि सभा सदस्यको लागी चुनावी मैदानमा रहेका नेता गुप्ता स्थानिय माँझ लोकप्रिय बनेका छन । पछिल्लो समय गुप्ताको लोकप्रियता ह्वातै बढेको गौर ३ का स्थानिय दिनेस पटेल बताउछन ।
आफुलाई सहज हुने उम्मेदवारका रुपमा स्थानियले गुप्तालाई हेर्ने गरेको पटेलले बताए । “भोलिको दिनमा जितेर गएका जनप्रतिनिधिलाई भेटन कयौ भर्याङ्ग पार गर्न नपरोस भनेर गुप्तालाई मतदान गर्ने निर्णय गरेका छौं ।” यस अघि जितेका उम्मेदवारहरुले काम नगरेको भन्दै पुरानालाई नदोहराउने पक्षमा रहेको उनी बताउछन । पटक पटक एउटै व्यक्तिलाई जिताएर पठाउदा पनि रौतहटको समग्र विकास हुन नसकेको भन्दै स्थानियले यस पटक गुप्तालाई विकल्पका रुपमा छानेको गौर ४ का स्थानिय शेख नुरसैदले बताए ।
“अहिले भोट माग्न आएका ठूला नेताले भोलि हामीलाई चिन्दैन, माधव नेपाललाई भेटन उनका आसेपासेलाई हात जोडनु पर्छ ।” तर एमालेका उम्मेदवार गुप्तालाई दुखसुखमा सहजै भेटन सकिने नुरसैदको भनाई छ ।
यस अघि काग्रेंस सँगको गठबन्धमा विजयी भएका माधव नेपाल अहिले नेपाली कम्यूनिष्ट पार्टीको चुनाव चिन्हबाट उम्मेदवार बनेका छन भने निकै लामो समय मधेशवादी दलको नेतृत्वमा रहेका अनिल झा काग्रेंका उम्मेदवार छन । २०७९ को निर्वाचनमा ६ हजार ६ सयको मतान्तरले माधव नेपाल सँग पराजित भएका गुप्ता यस पटक भने बलियो अवश्थामा रहेका छन ।








