चन्दपुर,८ असार÷ जिल्लाका अधिकांस स्थानीय तहमा असार लाग्ना साथ उप प्रमुखले अधिकार नपाएको गुनासो गर्न थालेका छन । जिल्लाको ईशनाथ नगरपालिका ,कटहरिया नगरपालिका ,गुजरा नगरपालिका ,राजदेवी नगरपालिका र देवाही नगरपालिका उप प्रमुले अधिकारी नदिएको भन्दै प्रमुख बिरुद्ध बिभिन्न बिरोधका कार्यक्रम नै गर्न थालेका छन । बिवादका कारण अधिकांस स्थानीय तहमा उप प्रमुखको संयोजकत्वमा रहेको न्यायिक समिति र राजव्श परामर्श समितिले काम गर्न सकेको छैन । अधिकांस स्थानीय तहका उप प्रमुखलाई नगर प्रमुखले समान्य अधिकार समेत नदिएको गुनासो बढदै जान थालेको छ ।
रौतहटको ईशनाथ नगर पालिकाकी उपमेयर हुस्नआरा खातुनले नगरप्रमुख र प्रशासकीय प्रमुख मिलेर कार्यपालिकालाई बाइपास गरी व्यापक भ्रष्टाचार गरेको आरोप लगाएकी छन । लक्ष्मीनिया स्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उपमेयर खातुनले निमित्त प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख मिलेर नगरपालिकालाई मेयर मुखी बनाएको आरोप लगाएकी हुन ।
यता कटहरियाकी उप प्रमुख नुरजहा खातुनले समेत आफ्नो बिमतीका बिच नगर प्रमुखले नगर परिषद बोलाउन लागेको भन्दै बिरोध गरेकी छिन । उनले प्रमुखले आफ्नो सबै अधिकार कटौती गरेको समेत गुनासो गरेकी छिन । कटहरिया नगरपालिकामा न्यायिक समिति संचालनमा आउन सकेको छैन ,भने उपप्रमुख निर्वाचित भएको तीन बर्ष पुग्न लाग्दा समेत राजश्व परामर्श समितिको बैठक बस्न सकेको छैन ।
कटहरिया नगरपालिकाका प्रमुख शियाराम कुशवाहले भने बैठकमा बोलाउदा नआउने न्यायिक समितिको ईजालस संचालन गर्न नसक्ने,राजश्व परामर्श समितिको बैठक बोलाउन पटक पटक आग्रह गर्दा समेत उप प्रमुखले वास्ता नगरेको र कार्य पालिकाको बहुमत सदस्यको निर्णयले परिषद बोलाउन लाग्दा उप प्रमुखले बिरोध गरेको बताए ।
यस्तै गुजरा नगरपालिकाकी उपप्रमुख रौषन खातुनले समेत आफ्नो अधिकार नगर प्रमुखले पुरै कटौती गरेको भन्दै नगर प्रमुख बिरुद्ध केही दिन पहिला चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन गरेकी थिईन । जिल्लाको राजदेवी नगरपालिकाकी उप प्रमुख अंशु सिंहले समेत नगरप्रमुखको मनो मानी बढेको र नगरमा अनियमिता बढेको आरोप लगाएका छिन । गौर उपप्रमुख अंशु सिंहले औषधी खरीदमा अनियमिता भएको भन्दै औषधी भण्डारण गरिएको कोठामा ताल्चा लगाई छानविन हुनु पर्ने मांग अघि सारेकी छन । उपप्रमुख सिंहले टेण्डर भएको अनुसार औषधी नभएको दावी गरेकी छन् । नगर पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेयले औषधी खरीदमा कुनै किसिमको अनियमितता भएको छैन भनी ठोकूवा गरेका छन ।
देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल र उपमेयर परनिया देवी पटेल बिच आरोप प्रत्यारोपको कारण झण्डै ३६ करोडको विकास बजेट फ्रिज हुने अवस्था भएको छ ।
आर्थिक बर्षको अन्तिम महिनाको पहिलो दिन उपमेयर परनिया देवी पटेलले मेयर पटेलको हठ र आर्थिक मोहको कारण नगरको करोडौंको विकास बजेट फ्रिज हुन लागेको बताईन । उपमेयर पटेल पत्रकार सम्मेलनको आयोजना गरी मेयर धर्मेन्द्र पटेलले गत बर्षको जस्तो बिना परिषद करोडोैं रकम अनियमितता गर्न नपाएकै कारण नगर परिषद लाई पुुर्णता दिन नमानेको आरोप लगाईन । ईशनाथ नगरपालिकाकी उप प्रमुख हुस्नआरा खातुनले संविधानले उपमेयरलाई दिएको अधिकारको वेवास्ता गरी मेयर सन्तोष मेहता र निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताको मिलोमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम कमसल र गुणस्तर हिन कार्य गरेर चरम भ्रष्टाचार बढाएको आरोपसमेत लगाएकी छन । उपमेयरको सम्पूर्ण अधिकारलाई बाइपास गरेर दुवैजनाले नैतिक तथा आर्थिक भ्रष्टाचार गरेको आरोप उपमेयर खातुनले लगाएकी हुन् । चालु आर्थिक बर्षको अन्त्य हुन लाग्दा पनि वडाहरुको बजेट, उपमेयरको बजेट र मेयरको बजेट कति सिलिंग गरिएको सम्बन्धमा कुनै जानकारी नदिएको, जानकारी लिन खोज्दा मेयर र निमित्त प्रमुख प्रशासकीय अधिकृतले दिन नमानेको आरोप पनि उपमेयर खातुनको छ । उपमेयरलाई नगरपालिकाको कामसम्बन्धी कुनै जानकारी नै नगराउने नियत दुवैजनाको भएको आशंका उप मेयरको छ ।
अहिले सम्म न्यायिक इजलाश समेत बन्न नसकेको गुनासो गर्दै उपमेयर खातुनले न्यायिक समितिको नाममा निस्कने बजेट मेयरका मान्छेहरु उपभोक्ता समिति बनाएर चलाउने गरेको आरोप लगाउँदै न्यायिक समितिको बजेट बारे नै छानबिन हुनुपर्ने बताएकी छन् ।