रौतहट,११ असार । प्रहरीको लापारवाहीका कारण थुनुवाको ज्यान गएको भन्दै मृतकका आफन्तले केही समय चक्का जाम गर्नुका साथै प्रहरीमा धर्ना दिएका छन् ।
गौर चन्द्रपुर सडकखण्डमा प्रहरी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थयो । प्रहरीसहित ८ जना घाइते भएका थिय ।
दुर्घटना परी लागुऔषध मुद्दाका आरोपी चन्द्रपुर नपा ४ का २० बर्षीय मुकेश भन्ने निर्मल साहका आफ्न्तले प्रहरीको लापारवाहीका कारण ज्यान गएको बताएका छन् ।
थुनुवालाई म्याद थप गराउन चन्द्रपुरबाट जिल्ला अदालत गौर आउँदै गरेको प्रहरीको भ्यान बालचनपुरमा दुर्घटना भएको हो । नम्वर प्लेट नभएको भ्यानको अगाडिको पाङग्रा पम्चर भई क्राउन र एक्सल भाँचिदा दुर्घटना भएको थियो ।