गौर,१२ असार / गौर नगरपालिकाको चरम लापारवाहीका कारण कालोपत्रे सडकनै उक्कीएर सडकमा हिडनै नहुने अवस्था आएको स्थानीयले जानकारी दिएका छन् । रौतहट सदरमुकाम गौरको बरहवा पुल भएर जाने रजैया सडकमा गरिएको कालोपत्रे बाटोमा अहिले चिप्लो माटोको हिलोले हिलाम्म बनेको छ ।
गौर नगरपालिकाको वडा नम्वर ९ भएर जाने उक्त ग्रामिण भेगमा आवतजावत गर्न समस्या भएको छ ।
लामो समयपछि बुधबार परेको बर्षाको पानीले सो बाटो हिलाम्मे बनेको स्थानीयले बताए । बरहवा खोलाको माटो उक्त कालोपत्रे सडक हुदै ढुवानी गर्दा छरिएका माटोले हिलाम्मे बनेको स्थानियले बताएका छन ।
सो बाटो भएर आउने दुई पाग्रे, चार पँग्रे सवारी साधनलाई निकै असहज भईरहेको यात्रुहरुले जनाएका छन ।
हिलाम्मे जमेको बाटो अविलम्ब सफा गर्ने तर्फ गौर नगरपालिकाको समयमा ध्यान दिनु पर्ने स्थानियले माग गरेका छन । असारे विकासका कारण जिल्लाका अन्य ग्रामिण सडक समेत एकझर पानीमै हिडन नसक्ने हुने गरेका छन् ।