गौर,१३ असार / पूर्व(पश्चिम राजमार्ग अन्तर्गत बारा, रौतहट, तथा सर्लाही जिल्लाको नदीहरुमा रहेका पुलहरु जीर्ण भएका छन् । झण्डै ५० वर्षअघि निर्माण भएका पुलहरुको आयु समाप्त हुदै जादा राजमार्गमा दुर्घटनाको जोखिम बढेको छ । सर्लाही र रौतहटलाई जोडने बाग्मती नदीको पुलको पिलरको जग नै देखिने गरी सो क्षेत्रमा कटान भएको छ ।
बाग्मती नदीको सतह गहिरिएपछि पुलको पिलरको जगसमेत बाहिर देखिन थालेको छ । जीर्ण भएको पिलर जग बाटै कमजोर भएपछि कुनै पनि बेला दुर्घटनाको खतरा रहेको स्थानीयहरुले बताएका छन ।
पुल जीर्ण बन्दै गएपछि दुर्घटनाको जोखिम बढेको छ भने यातायात संचालनमा असहजता हुदै आएको छ । केही वर्ष अघिसम्म बागमती नदीको सतहमाथि रहेपनि पछिल्लो वर्षहरुमा सतह गहिरिएको छ । वर्षेनी नदीको दक्षिणतर्फ पुल नजिकै ठूलो परिणाममा नदीजन्य पदार्थहरु निकाल्न थालेपछि पुलको जग नै देखिन थालेको हो । रौतहट र बाराको सिमानामा रहेको धन्सर पुल भत्किएपछि नयँ पुल निमार्ण भएको थियो उक्त नयँ पुलको पश्चिमतर्फको भाग पनि गतवर्ष आएको बाढील क्षति पु¥याएको छ ।
२०७६ असार १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।