रुपेन्द्र पटेल,चन्द्रपुर,१६ असार ।
रौतहटको बृन्दावन नगर पालिकामा स्वतन्त्र युवा संघर्ष समिति गठन गरिएको छ । सो नगर पालिका भित्र भईरहेको भ्रष्टाचार विरुद्ध युवाहरुले अवाज उठाउनका लागि सो संघर्ष समिति गठन गरिएको हो । शनिबार आयोजित एक कार्यक्रम बीच सो समिति गठन गरिएको समितिका संयोजक रमेश पटेलले बताएका छ्न । पटेलका अनुसार बृन्दावन नगर पालिकामा अधिक मात्रामा भ्रष्टाचार भईरहेको र सो विरुद्धमा आवाज उठाउने ब्याक्ती नभएको कारण स्थानीय तहका नेता तथा कार्यकर्ताहरु ब्रह्मलुट मच्चाएका हुन । अब त्यस्ता ब्रह्मलुट हामी युवा समुहले रोक्ने र अबैधानी कार्यहरु विरुद्ध अवाज उठाउने गलत दिसामा भईरहेको बिकास निर्माणका कामहरु सहि दिसामा ल्याउने मुख्य योजना रहेको बताएका छ्न । सो नगर पालिका भित्र स्वस्थ्य, शिक्षा, कृषितर्फ बिशेष जोडदिने बताए । बृन्दावनका युवाहरुले जिल्लामै पहिलो पटक यस्ता समूह सञ्चालनमा ल्याएको हो । सो कार्यक्रममा बृन्दावन नगर पालिका भरिका युवाहरुको सहभागिता रहेको थियो ।