समनपुर,१९ असार । रौतहटको गढीमाई नगर पालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई सुरु गरेका छ । उक्त नगरपालिका भित्र रहेका करिब १५५ जना बेरोजगारहरुलाई रोजगारी दिदै सो कार्यक्रमलाई सुरुवात गरेको नगर प्रमुख श्यामबाबु यादवले बताए ।
सो कार्यक्रममा सहभागी कामदारहरुलाई दिनको ५१७ रुपैयाको दरले ज्याला दिने प्रवन्ध मिलाईएको हो । सो नगर पालिकाले उनिहरुलाई ३० दिन सम्म रोजगारी दिने प्रधानमन्त्री रोजगारका संयोजक मनोज कुमार साहले बताएका छ्न ।
सो कार्यक्रममा नगर पालिकाका नगर प्रमुख यादवले आफ्नै हातबाट सडकको खाल्डा पुरी सुरुवात गरेका थिय र प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी भएकाहरुलाई एक थान साबेल,कोदालो,तगारी जस्ता काम गर्न आवश्यक समाग्री वितरण गरिएको छ । सो कार्यक्रममा काम गर्ने कामदारहरुलाई ८ घन्टा काम गर्नु पर्ने छ ।
यस्तै माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्तले देशभरी संचालनमा रहेको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले अहिले बेरोजगार नागरिकलाई नगर क्षेत्रका ओझेलमा परेको कामहरु सम्पन्न गराउनु सहयोग पुगिरहेको बताएका छन् ।
प्रधानमन्त्री स्वारोजगार योजनालाई पूर्ण रुपमा कार्यान्वयन गराउने लक्ष्यसहित नगरपालिकाले नगर क्षेत्रमा १ सय २० जना वेरोजगारहरुलाई १ महिने रोजगार दिने उद्देश्यका साथै नगर क्षेत्रका समाजिक सरसफाई अन्तर्गत विद्यालय, सडक, नाला, मठमन्दीर, हेल्थपोष्ट, खेलमैदान लगायतका ठाउँहरुलाई सरसफाई गराउने कार्य अघि बढाइएको अधिकृत कायस्तले जानकारी गराएका छन् । कार्यक्रमअन्तर्गत पर्यावरण जोगाउन वृक्षारोपण अति आवश्य भएकोले अबको केही दिन उनीहरुबाट बृक्षरोपन गराई हेरचाहका लागि समेत जिम्मेवारी दिने योजना बनाइएको अधिकृत कायस्तले बताए ।