गौर,२० असार / नेकपा रौतहटले जिल्लाका स्थानीय तहमा बढदै गएको अनियमिताको बिरोमा बिहिबार मोटर सार्यकल ¥यालीको आयोजना गरेको छ ।
नेकपा रौतहट क्षेत्रनं ३ को आयोजनामा नेकपाका स्थानीय युवाहरुले जिल्लामा बढ्दो भ्रष्टाचारको बिरोमा मोटर साईकल ¥यालीको आयोजना गरेको हो ।
जिल्लाको कटहरिया बजारबाट निस्केको मोटर साईकल ¥यालीले क्षेत्रनं ३ का बिभिन्न स्थानको परिक्रमा गरेर शिवनगर बजारमा आएर कोणसभा पछि ¥याली समाप्त भएको थियो ।
सरकारमा रहेको नेकपालाई स्थानीय तहमा बढदो भ्रष्टाचारले बदनाम गराएका कारण आफुहरुले सचेतना ¥यालीको आयोजना गरेको नेकपा प्रदेश २ का सदस्य वहिद अन्सारीले बताएका छन् ।
क्षेत्रनं ३ का बिभिन्न स्थानमा बिभिन्न नारा सहित स्थानीय तहमा हुने भ्रष्टारको बिरोधमा सयौ मोटर साईकलमा सहभागि भएका थिए ।
कोणसभामा बोल्दै रौतहट क्षेत्रनं ३ का प्रदेश सांसद कुन्दन कुसवाहले पछिल्लो समय स्थानीय तहमा बढदै गएको अनियमितामा केपी सरकारको नाम आउन थालेपछि आफुहरुले यस्तो अभियानको धालनी गरेको बताए ।
उनले अव नेकपाले हरेक वाडमा निगरानी समुह बनाएर युवा परिचालन गरेर अनियमिता रोक्ने काममा नेकपामा आवद्ध सबै युवालाई आग्रह समेत गरेका थिय ।
प्रदेश नं २ मै ६०–४० को भागबण्डामा विकासका काम हुने गरेका कारण समेत यो प्रदेश पछि परेकाले आवका दिनमा युवाहरु सक्रिय भएर काम गर्न र गराउन समेत कुस्वाहले आग्रह गरेका थिए ।
देशमै पहिलो पटक सम्भवत सरकारमा रहेको दलका नेता तथा कार्यकर्ता भ्रष्टार बिरोधी अभियानमा लागेर ¥यालीको आयोजना गरेको समेत प्रदेश सांसद कुस्वाहको भनाइ रहेको छ ।
करिव एक हजारको संख्यामा रहेको मोटर साईकल ¥यालीले जिल्लाका स्थानीय तहमा बढदो भ्रष्टाचारको बिरोधमा नारावाजी गर्दै रौतहट क्षेत्रनं ३ को सबै जसो स्थानीय तहको परिक्रमा गरेको थियो ।
स्थानीय तहमा बढ्दै गएको भ्रष्टारका कारण जिल्लामा विकासले गतीलिन नसकेपछि पुर्व मन्त्री तथा रौतहट क्षेत्रनं ३ का सांसद प्रभु साहको निर्देशनमा भ्रष्टाचार बिरोधी मोटर सार्यकल ¥यालीको आयोजना गरिएको नेकपा नेता वहिद अन्सारीले जानकारी दिएका छन् ।