रुपेन्द्र पटेल ३१ असार,रौतहट / भारी बर्षा सहित डुवानका कारण रौतहट जिल्लामा रहेका धेरै ईट्टा उद्योगमा ठुलो क्षती पुगेको छ । जिल्लाका बिभिन्न स्थानमा रहेका ईट्टा उद्योगमा रहेका कोईला ,दाउरा र ईट्टा पकाउने मियान समेत भत्काएको छ । रौतहट जिल्लाका अधिकांस ईट्टा उद्योगलाई बाढीले समस्यामा पारेको उद्योग संचालकहरुले बताएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका वडानं ९ डुमरियामा रहेको आरबिए ईट्टा उद्योगका संचालक अव्दुल सहमदका अनुसार बाढी र बर्षाले लखौंको क्षती पुर्याएको छ । ..

सो उद्योगमा रहेको एक ट्रक कोईला ,दाउरा र मियान भत्काएपछि उद्योगलाई बिस लाखको क्षती पुगेको हो । अधिकांस ईट्टा उद्योगगमा रहेको कोईला र दाउरा बाढीले बगाउदा ब्यावसायीलाई मार परेको रौतहट ईट्टा उद्योग संघका उपाध्यक्ष प्रलाद बन्जराले जानकारी दिएका छन् । कयौ ईट्टा उद्योगमा रहेका सवारी साधान समेत बढीले डुवाएर कामै नलाग्ने बनाएको व्यावसायीहरुले जानकारी दिएका छन् । बर्षा लागेका कारण अधिकांस ईट्टा उद्योगमा काचा ईट्टा नरहेका कारण कम मात्रमा क्षती भएको ईट्टा ब्यापारीहरुको भनाइ रहेको छ ।