रुपेन्द्र पटेल ३ साउन / आर्थिक कारोबार बिग्रेपछि अपहरणको नाटक गरेर साधुको भेषमा घुम्ने रौतहटको कटहरियाका व्यावसायी श्रीभगवान साहलाई प्रहरीले पक्राउ गरेको छ । कारोबार बिग्रेपछि लेनदेन गर्न नसकी अचानक वेपत्ता भएका साहलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो । कटहरिया नगरपालिका ७ बगहीका ३६ वर्षीय साह गरुडामा हिसाब किताब गरी काठमाडौ जान्छु भनी गत वैशाख १७ मा निस्केका थिए । गरुडामा रहेको लक्ष्मण कोल्ड स्टोरमा आफ्नो बाइक, मोबाइल, नेपाली नागरिकताको प्रमाणपत्र, पैसा झिक्ने एटिएम लगायतका सामानहरु राखी भागेका थिय । मुम्बईमा साधुको भेषमा रहेको जानकारी पाउनासाथ मुम्बई पुगेको प्रहरीको टोलीले त्यहा साहलाई फेला पार्न सकेन । ..


साह त्यहाबाट हरिद्वार पुगेका थिए । हरिद्वारमा चौकीदारको काम समेत गरेका साहलाई त्यहाबाट भागी भैरहवाको सीमानजिक भारतमै लुकिछिपी साधुको भेषमा रहेको सूचना प्राप्त भएको थियो । भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले साहलाई साधुको भेषमा गत मंगलवार भारतबाटै पक्राउ गरेको थियो । बिहीवार बिहान नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटमा साहलाई साधुकै भेषमा सार्वजनिक गरेको छ ।