रौतहट ३ साउन/ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट विस्थापितहरुको पुर्नस्थापनाका लागि प्राधिकरण नै गठन गर्नुपर्नेमा बताएका छन् । उनले बाढी तथा डुवानको स्थायी समाधान खोज्नुपर्ने समेत जोड दिएका छन । बाढी पीडितलाई राहत वितरण गर्न बिहीबार गौर आएका मुख्यमन्त्री राउतले सञ्चारकर्मीहरुसंग कुरा गर्दै स्थायी समाधानका लागि पहल गर्नुपर्ने बताए । नदीहरुलाई व्यवस्थित बनाउन र तटबन्धहरुको समुचित व्यवस्थापनका लागि कसैले ढिलो गर्नु नहुनेमा बताए । संघीय सरकारले ठोस नीति बनाएर प्रदेश सरकार र स्थानीय तहको सहभागितामा काम गर्नुपर्ने आवश्यक्ता उनको जोड छ । …

यसबारे केन्द्र सरकारसंग पनि छलफल भएको भन्दै उनले भने, अस्थायी रुपमा होइन, अधिकारसम्पन्न विपत व्यवस्थापन सम्बन्धी प्राधिकरण गठन गरेर बाढी बाट प्रभावित हुने क्षेत्रको नक्साकंन गरेर काम गरौं । मुख्यमन्त्री राउतले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत बाढीमा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैया, खाद्यान्न तथा पाल हस्तारन्तरण गरेका थिए । प्रदेश सरकारले मृतकका परिवारलाई तीन लाख राहत दिने घोषणा यसअघि नै गरेको थियो । बाढी प्रभावित जिल्लामा प्रदेश सरकारले तत्कालका लागि १० लाख रुपैयाका दरले राहत रकम पठाएको उनले बताए ।