रुपेन्द्र पटेल, ३ साउन / मकवानपुरमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) राजेन्द्र साह बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । गत असार ३१ गते रौतहटको चन्द्रनिगाहपुरको माउण्ट एरिवा गेष्ट हाउसमा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबजरस्ती करणी गरेको अभियोगमा पीडितका आफन्तले प्रहरीमा लिखित जाहेरी दिएपछि साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । बारा जिल्ला महागढिमाई नगरपालिका घर भएका साहलाई जिल्ला अदालत गौरबाट जबरजस्ती करणी गरेको आरोपमा ५ दिनको म्याद थप गरि घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।