गौर,१० साउन । रौतहटको सदरमुकाम लगाएतका स्थान डुवानमा पर्नुको कारण स्थानीय तहले नदि दोहनका लागि ठेक्का लगाउनु प्रमुख कारण भएको पाईन्छ ।
पछिल्लोपटक जिल्लाका विभिन्न स्थानीय तहले नदीबाट बालुवा, गिटी झिक्न ठेक्का लगाएका थिए ।
स्थानीय तहबाट ठेक्का पाएका कम्पनीले नदीमा जथाभावी मेसिन प्रयोग गरेर उत्खनन गरेका कारण बाढीले तटबन्धमा क्षति पु¥याएको हो । वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार नहुदा र खोला दोहन थपिदा बाढी बस्तीमा पसेको स्थानीय बताउछन् ।
वर्षौं पहिले निर्मित तटबन्ध जीर्ण बने पनि मर्मत सम्भार नहुँदा र खोला दोहन थपिँदा बाढी बस्तीमा पसेको स्थानीयको भनाइ छ ।
गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरमा एक सय मिटर र राजदेवी नगरपालिकाको ब्रह्मपुरीनजिक करिब ६० मिटर तटबन्ध भत्काएपछि जोखिम निकै बढेको छ । गढीमाई, माधवनारायण र गौर नगरपालिकाका साथै दुर्गा भगवती गाउपालिकाका हजारौं नागरिक तटबन्ध मर्मत नहुँदा बाढीको जोखिममा रहेको दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुणकुमार साहले बताए ।
अझै दुई महिना बाढीको खतरा छ, असार अन्तिममै ठूलो बाढी आएर तटबन्ध भत्काएपछि खोलाको मुख खुलेकाले अब आउने बाढी सीधै गाउमा पस्छ पत्रकार प्रभात झा भन्छन ।
लालबकैयाको कटानले देवाही, करुनिया, जिगडवा बेलबिछवा, बैरिया बलुवा र बन्जरहा बस्ती जोखिममा छन् ।
नदीले तटबन्ध कटान गरी बस्तीमा बाढी पसेर बगाउन थालेपछि नेपाल सरकारले उक्त गाविसलाई सुरक्षित राख्न ठोस उपाय निकाल्न नसक्दा सर्वसाधारण डराएर बाच्न बाध्य भएको देवाही गाविसका विनोद पटेलले बताए । उनका अनुसार बाढीले देवाहीनजिक लालबकैयाले सवा सय मिटर बाध कटान गर्दा सात गाविस डुबानमा पर्ने खतरा निम्तिएको छ ।
स्थानीय तहले खोला दोहनका लागि ठेक्का लगाउने बेलामा त्यसबाट पर्ने असरका बारेमा अध्यान नगरेका कारण यस्तो अवस्था आएको हो ।