चन्द्रपुर,१४ साउन ।
छिटो, सस्तो र सहज न्याय पाउने भनियको चन्द्रपुर नगरपालिकाको न्यायिक समिति बिगत ५ महिना देखी चुपचाप रहेको छ ।
न्यायिक समितिमा रहेकाहरुको बिवादका कारण इजालस बस्न नसकेको भएपनि नगरपालिकाले भर्ती गरेका कानुनी सल्लाहकार लगाएतले कामै नगरी तलभ भने लिईरहेका छन् ।
संविधानले दिएको जिम्मेवारीअनुसार स्थानीय तहले पनि आफ्नो जिम्मेवारीअनुसार स्थानीयस्तरबाट न्याय दिने प्रयास गरेको भएपनि चन्द्रपुर नगरपालिकामा न्यायिक समितिले काम नगरेका कारण स्थानीयले सास्ती खेप्नु परेको छ ।
न्यायिक समितिले स्थानीयस्तरमा हुने विवादहरू खासगरी देवानी प्रकृतिका मुद्दाहरू अंशवण्डा, सांध मिचिएको, घरेलु झैझगडा आदि विषयहरू निरूपण गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार स्थानीय न्यायिक निकायले न्याय सम्पादन ५ महिना देखी गर्न नसक्दा सर्बसाधारण मारमा परेका छन् ।
सो बिषयमा चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले सो बिषयमा न्यायिक समितिकी संयोजक नगर उपप्रमुखसंगै जानकारी लिनु पर्ने बताएका छन् । उनले न्यायिक समिति किन चलेन त्यो संयोजकलाईनै थाहा होला भन्ने जवाफ दिएका छन् ।
स्थानीय अदालतकै रूपमा काम गर्ने भएकाले राम्रो अभ्यास भईरहेको चन्द्रपुर नगरपालिकाको न्यायिक समितिले काम नगरेपछि पछिल्लो समय उजुरी समेत पर्न छाडेको छ ।
जनताको कामनै नगर्ने न्यायिक समितिका नाममा जनताले तिरेको करबाट कर्मचारीलाई तलब भत्ता खुवाउनु राम्रो काम नभएको स्थानीयको भनाई रहेको छ ।
न्यायिक समितिले काम नगरेको बिषयमा उपप्रमुख रामरती चौधरीले अहिले आफुले केही भन्न नसक्ने र काम सुचारु गर्ने बिषयमा आफु लागिरहेको जानकारी दिएकी छिन् ।