गरुडा,२४ साउन / रौतहटको गढिमाई नगर पालिका वडा नं ४ स्थित सुन्दरपुरमा अचानक आगलागी हुदा दुई दाजु भाईको घर जलेर नष्ट भएको छ ।
बिहिबार दिउंसो करिब २ बजेको समयमा आगलागी हुदा स्थानीय नगेन्द्र राय यादव र उनका भाई जंगीलाल यादको घर जलेर नष्ट भएको स्थानिले बताएका छन । दिउसोको समयमा घरमा सुतिरहेको अवस्थामा अचानक आगलागी भएको थियो ।
घरमा आगलागीहुदा उक्त दुवै दाजुभाईका करिब १० लाख बराबरको अन्पात ,लत्ता कपडा, गहना जलेर नष्ट भएको स्थानीय संजय यादवले बताएका छन । घरमा अचानक आगलागी हुँदा घरबाट बाहिर भाग्ने क्रममा स्थानिय नगेन्द्र यादवका अन्दाजी ६ वर्षीय छोरा उप्रती यादव घाईते भएको ईलाका प्रहरी कार्यालय समनपुरले जनाएको छ ।
घरमा आगजनी भए लगत्तै ईलाका प्रहरी कार्यालय समनपुर र गढिमाई नगर पालिकामा स्थानीय टेलिफोन मार्फत जानकारी गराएका थिए ।
नगरपालिकाले दमकल खरिद नगरेका कारण आगो नियन्त्रणमा आउन समय लागेको स्थानीयको भनाइ रहेको छ । सो नगरपालिकाले अहिले सम्म दमकल खरिद गरेको छैन ।
आगलागिबाट पिडित यादव परिवारलाई बसोबासको समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् । २०७६ साउन २४ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।