रुपेन्द्र पटेल ४ भदौ रौतहट / जिल्लाको बृन्दावन नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा आर्थिक अनियमिता भएको आरोप लागेको छ । बृन्दावन नगरपालिकामा गठन गरिएको स्वतन्त्र युवा संघर्ष समितिले बृन्दावन नगरपालिकाकामा चरम अनियमिता भएको बताएको हो । समितिले बिज्ञप्ती जारी गर्दे आफुहरुले अनियमिताको रोधमा ज्ञापन पत्र बुझाउदा समेत वास्ता नगरेको संघर्ष समितिका अध्यक्ष रमेस प्रसाद पटेलले जानकारी दिएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवलाई ज्ञापन पत्र बुझाएको महिनौं बितिसक्दा पनि कुनै सुनवाई नभएपछी संघर्ष समितिहरुले नगरमा भएको विकास निर्माणको बिषयमा सार्बजनिक सुनुवाई गरेर जानकारी दिनुपर्नेमा त्यसो नगरेको पटेलको भनाइ रहेको छ ।..

सो नगरपालिकामा भईरहेको भ्रष्टाचारलाई मध्य नजरमा राख्दै बृन्दावनका युवाहरुले स्वतन्त्र युवा संघर्ष समिती गठन गरेका थिय । समिती गठन भए लगत्तै सो समितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएको थियो । सो ज्ञापनपत्रमा उल्लेख रहेका विभिन्न माग पुरा नहुनुजेल सम्म बृन्दावन नगरपालिकाको नगर परिषद गर्न पहिला सार्वजनिक सुनुवाई हुनुपर्नेमा समितिले जोड दिएको छ । नगरपालिकामा भएको अनियमिताको बिषयमा स्वतन्त्र युवा संघर्ष समितीले जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी किरण थापालाई समेत ज्ञापन पत्र बुझाएको भएपनि अहिले सम्म नगरपालिकाले परिषद गर्न नसकेको समितिका सल्लाहकार समितिका संयोजक संजय प्रसाद पटवाले बताए । सो नगरपालिकाका कुनै पनि वडा र नगरपालिकाले बिगत दुई बर्षमा भएका विकास निर्माणका कामको बारेमा आम जनतालाई जानकारी नदिएको र सो काम तत्काल हुनुपर्ने समितिले जोड दिएको छ । …

सो नगरपालिकामा कांग्रेस ,नेकपा लगाएतका पक्ष तथा बिपक्ष दुबै मिलेर जनताको करमा रजाई गरेको संयोजक पटवाले जानकारी दिए । आम नागरिकले पाउनु पर्ने सुचनाको हक अन्र्तगत आर्थिक बर्ष २०७५÷७६ मा कति बजेट छुट्याइयो भन्ने कुराको जानकारी माग्दा समेत कार्यालय प्रमुखले कुनै वास्ता नगरेको समितिले जनाएको छ । नगरपालिकामा भएका विकास निर्माणका कामको आम नागरिकलाई जानकारी दिन समेत नगरपालिकाले आनाकानी गरेको गुनासो बढदै जान थालेको छ । संघर्ष समितिको पक्षमा सो नगरपालिकाका आम नागरिकको भरोसा रहेका कारण समेत समितिले नगरपालिकाले गरेका काम पारदर्सी हुनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।