रुपेन्द्र पटेल ६ भदौ – रौतहटको बृन्दावन नगर पालिका वडा नं. १ स्थित बलरीमा बिधुत नहुदा सयौं घरधुरी अन्धकारमा बस्न बाध्य भएका छ्न । बलरीको नयाँ बस्तीका स्थानीय वासिन्दाहरु बिधुतको सुबिधा नहुंदा अन्धकारमा बस्न बाध्य भएको बताएका छ्न । नयाँ वस्तीमा सय भन्दा बढी घर धुरीभएपनी विद्युतको सुविधा नभएको गुनासो गरेका छ्न । चुनवको बेला जनतालाई ललाई फकाई बति बल्ने बाचा गरेर भोट मागेका जनप्रतिनिधिहरु जितिसकेपछी कुनै वस्था नगरेको स्थानीयले आरोप लगाएका छन । उक्त बस्तीमा पोल गाडेको एक वर्ष बितिसक्दा पनि बत्तिको अतोपतो नभएको बताएका छ्न । लाईनको सुबिधा नहुदा सो वस्तीका स्थानीय वासिन्दाहरु गर्मीको महिनामा हवा खोज्दै घर बाहिर सुतनुपर्ने बाध्य भएको स्थानीय छ्बिलाला लामाले बताएका छ्न ।