गरुडा,८ भदौ / श्रमजिवी पत्रकार ऐनको कार्यान्वयन तथा श्रमजिवी पत्रकार र मिडिया समस्या अन्तरक्रिया कार्यक्रम रौतहटको गरुडामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाको सहकार्य तथा न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गरुडा नगरपालिकाका नगर प्रमुख ईन्नुराय यादवले सूचना प्रवाहमा मिडियाको भुमिका सक्रिय रहेको बताउनुभयो । देशको विकाश र खवरदारीमा पनि उतिकै महत्वुिर्ण भुमिका रहेको बताउनुभयो । आचारसंहिता र नियममा रहेर पेशालाई मार्यदित बनाउन उहँले सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धाण समितिका अध्यक्ष गंगाधर पराजुलीले पत्रकारको समग्र विकासका लागि चासो, चिन्ताको बिषय सहभागिले लिएकाले खुसी लागेको बताउनुभयो । दिर्घकालिन पत्रकारीता गर्नेले पेशालाई मार्यादित बनाउन लागि जिम्मेवारी पुरा गर्ने बताउदै अपल्कालिन र क्षणिकका लागि पत्रकारिता वाहेक अन्य पेशा गर्न उहाले सुझाव दिनुभयो । पत्रकारको दक्षता, क्षमता, विकासका गर्नु पर्ने आवश्यतmा रहेको उहाले उल्लेख गर्नुभयो । दक्ष पत्रकार भएकामा पारिश्रमिक चिन्ता नहुने बताउँदै क्षमता अभिबृद्धि गर्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य दिपाश्री अधिकारी, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रविन्द्र साह, पुर्व अध्यक्ष प्रेमचन्द्र झा, प्रेस युनियनका केन्द्रिय सदस्य संजय कार्की लगायतको अतिथ्यता रहेको थियो ।