विजयपुर,३ असोज / सरकारले प्रदेश २ का जिल्लामा विद्यार्थीलाइ खाजाको ब्यावस्था गरेको भएपनि सम्बन्धीत निकायले समयमा बजेट नदिदा विद्यालयका शिक्षकको खल्तीबाट रकम खर्च गर्नुपर्ने बाध्यता बढ्दै जान थालेको छ । रौतहटका एक नगरपालिकाले गएको आर्थिक वर्षको अन्तिममा समेत खाजा वापतको रकम नगरपालिकाबाट नपाउदा समस्या भएको छ । जिल्लाको फतुआ बिजयपुर नगरपालिकाले समयमा रकम उपलब्ध नगराएकोे कारण विद्यार्थीलाई खाजा ख्वाउन उच्च माबी बिजयपुरलाई कठिानाई भईरहेको हो । विद्यालयमा विद्यार्थी नियमित उपस्थित होस भने उदेस्यका साथ नेपाल सरकारले जिरो देखी कक्षा ५ सम्मका विद्यार्थीका लागी खाजा खुवाउन जनही १५ रुपैया प्रतिदिनको दरले स्थानिय तह मार्फत उपलब्ध गराउने ब्यवस्था रहेको छ । उच्च माबी बिजयपुरमा हाल कक्षा जिरो देखी कक्षा ५ सम्म एकसय ३७ जना विद्यार्थी अध्ययनरत रहेका छन । नेपाल सरकारले गत चैत्र देखी विद्यालयमा खाजाको ब्यवस्था गरेदेखी नगरपालिकाले समयमा बजेट नदिएपनि दैनिक विद्यालयमा विद्यार्थीहरुलाई खाजा ख्वाउदै आएको प्रधानाध्यापक सुदामा यादवले बताए । १ सय ३७ जना विद्यार्थीलाई दैनिक पाष्टिक युक्त खाजा महिनाको दुईपटक मासु समेत खाजा ख्वाउदै आएको यादवले बताए । तर ६ महिना बित्नलाग्दा सम्म फतुआ बिजयपुर नगरपालिकाले खाजा बापतको रकम निकासा नगरेका कारण विद्यालयलाई खाजाको खर्च सरसापट गरेर चलाएको प्रधानाध्यापक यादवको भनाइ रहेको छ । पछिल्लो समय खर्च धान्न ठुलो समस्या भएको प्रधानाध्यापक सुदामा यादवले गुनासो गरेका छन । नगरपालिकाकी प्रशासकिय अधिकृत रञ्जना साहले गत आर्थिक बर्षमा शिक्षकको तलब अपुग हुंदा खाजाको रकम सापटी स्वरुप तलब तिरेर पठाईएको र नगरसभा हुनासाथ खाजाको रकम सबै विद्यालयलाई पठाउने बताईन । सो नगरपालिकाका सबै जसो सामुदायीक विद्यालयले ६ महिना देखी खाजाको रकम नपाएका कारण कतीपय प्रधानाध्यापकले आफ्नै खल्तीबाट पैसा तिरेर खाजा खुवाउदै आएको शिक्षकहरुले बताएका छन् ।