चन्द्रपुर,१४ असोज / रौतहटको चन्द्रनिगाहपुरमा प्रदेश स्तरिय कराते छनौट प्रतियोगिता सम्पन्न भएको छ । यही असोज १५ र १६ गते सिराहाको गोल बजारमा हुने उप मेयर कप राष्ट्रिय कराते प्रतियोगिताका लागि सोमबार प्रदेश स्तरिय छनौट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको महिला ३५ किलो तौल समुहमा रौतहटकी शुभेक्षा पोख्रेल ,४० किलो तौल समुहमा रौतहट,दिक्षा थिङ,४५ किलो तौल समहमा रौतहटकै सुजिना मगर ,५० किलो तौल समुहमा बविता स्माली सर्लाही ,५५ किलो तौल समुहमा टिना स्माली मगर सर्लाही ६० किलो तौल समुहमा सन्ध्या लोहागुन महोत्तरी ,६५ किलो तौल समुहमा अन्जीता मगर सर्लाही प्रथम हुदै राष्ट्रिय प्रतियोगितामा सहभागिता पक्का गरेका छन् । त्यस्तै पुरुष ४५ किलो तौल समुहमा बिशाल सिह सिराहा ,५० किलो तौल समुहमा अनिल साह पर्सा ,५५ किलो तौल समुहमा राम केशरी पर्सा ,६० किलो तौल समुहमा कैलास गुरो रौतहट ,६५ किलो तौल समुहमा राजाबाबु पटेल रौतहट ,७० किलो तौल समुहमा पासाङ गोले रौतहट ,७४ किलो तौल समुहमा राजेश्वर कुमार पर्सा प्रथम भएका छन् । बिजयी खेलाडीहरुलाई चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले जितको शुभकामना सहित प्रमाणपत्र बितरण गरेको रेफ्रि संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।