कटहरिया २० असोज / भोजपुरी एलवमका चर्चित भारतीय गायक कलाकार अवधेश प्रेमी यादवको खराब प्रस्तुतीका कारण हजारौं दशर्क निराश भएका छन । भारत बिहार घोडाशहन थानाक्षेत्र अन्तरगत ननौरा घर भएका गायक प्रेमीे रौतहटको कटहरियामा खराब प्रस्तुतीकै कारण हजारौं दर्शक निराश भएका हुन । दुुर्गा पुजासमितिको आयोजनामा शनिवार राती कटहरिया बजारमा गायक प्रेमीको प्रस्तुती रहेको थियो । पछिलो केही महिना देखी युटुुब र बिभिन्न सिरिज मार्फत भोजपुरी गित गाएर ख्याती कमाएका प्रेमीको प्रस्तुती प्रत्यक्ष हेर्न रौतहटका बिभिन्न स्थानका साथै बारा बाट हजारौं मानिस भेला भएका थिए । करीब दुईदशक देखी दुर्गापुजाको अवसरमा कटहरियामा लाग्दैआएको मेलाको ईतिहाँसमा शनिवार राती सबै भन्दा बढी मानिस आएको थियो । गायक अवधेश प्रमीको प्रस्तुती हेर्न टाढा टाढा बाट सैयौं मोटरसाईकल र करीब तिनसय टेम्पोमा मानिस आउँदा गएराती कटहरिया बजार क्षेत्रमा कतै पाईला टेक्ने ठाँउ थिएन । सबै बाटोमा मानिस आउनेको उतीकै भिड, प्रेमीको प्रस्तुती हेर्न आएका मानिसको भिड सम्हाल्न हम्मे हम्मे भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई श्रीनारायण पण्डितले बताएका छन । प्रदेश सांसद कुन्दन कुश्वाहाले औपचारिक रुपमा स्टेजमा रिबन काटे पछी कार्यक्रम सुुरु भएको थियो । कार्यक्रमको सुभारम्भमा गाईने भक्ती गित देखी अवधेश प्रेमीले गाएको सबै गित अधुरो रहेकाले हजारौं दर्शक गायक र आयोजक दुबैलाई गाली गर्दै फकिएका थिए । प्रेमीको प्रस्तुतीको १ घन्टा न बित्दै मानिसहरु आतिएर फिर्ता हुनलागेको हाम्रा सहकर्मी ओमप्रकाश यादवले गुनासो गरेका छन । स्थानिय केही युवाहरुको पहलमा दुर्गा पुजासमितिको भारु ८० हजार नेपाली एकलाख २८हजार रुपैयामा भारतिय गायक अवधेश प्रेमी यादव मात्र एकरातको प्रस्तुतीका लागी कटहरिया आएका थिए । तर उनको खराब प्रस्तुती हेरेर लाखौंको लगानी बालुवामा पानी सरह प्रेमीलाई दिएको रुपैया भएको संगितका पारखीहरुले भन्न थालेका छन । गायक प्रेमीले गायको अधिकांश भोजपुरी भाषाका गितहरुमा जादा से जादा अस्लिल शब्दहरु प्रयोग भएको छ ।