चन्द्रपुर,२० कार्तिक / चन्द्रपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी भएको छ । चन्द्रपुर नगरक्षेत्रमा रेलमा जग्गा परेका पिडितहरुले चन्द्रपुर नगरपालिकाको कार्यालयमा मंगलबार बिहानबाट दिउसो ३ बजे सम्म तालाबन्दी गरेका थिय । सरकारले तोकेको भन्दा कम मुल्याङकन गरेर सरकारले मुअब्जा दिन लागेको र आफुहरुलाइ जानकारीनै नदिई ठेकेदारले आफुहरुको खेतमा किला कुटा गाडन थालेको भन्दै उनीहरु आक्रोसित भएका हुन । रेल्वेस्टेशन र लाईनमा जमिन परेको चन्द्रपुर नगरपालिका–८ का बासिन्दाले नगरपालिकाको कार्यालयमा तालाबन्दि गरेको हुन । तालाबन्दिको कारण नगरपालिकाको काम ठप्प भएको थियो, भने कर्मचारी बाहिर बस्न बाध्य भएका थिय । सरकारी मुल्याङन भन्दा पनि कम मुल्य कायम गरी सुकुम्बासी बनाउन खोजेको भन्दै पीडित जग्गाधनी आन्दोलित भएका हुन । नगरपालिकाको कार्यालयमा तालाबन्दि भैरहदा जनप्रतिनिधि र कर्मचारी भने पशुपति होटलको सभाहलमा तालिम लिईरहेका थिए । सरकारी कार्यालयमा तालाबन्दि हुदा प्रहरी भने मुकदर्शक बनेका थियो । जग्गाधनीको माग समयमै सम्बोधन गरी रेल्वे लाईनको काम हुनु पर्ने उनीहरुको माग रहेको छ । रेल्वेलाईनमा परेको जमिनको कतै उचित मुल्याङन त कमै कम गरेर पक्षपात गरेको भनाई उनीहरुको रहेको छ । उचित मुअब्जा नपाएको भन्दै सरोकारवाला जमिनका धनीहरुले रेल्वे लिक निर्माणमा अबरोध पु¥याएका छन । चन्द्रपुर नगरपालिका–८ बेतौनामा सर्बे गर्न आएको निर्माण ब्यबसायीको बा २१ च ३४७३ नम्बर पीकअप भ्यान घेरेर अबरोध पु¥याएको हो । चलन चल्तिको त कुरै छाडौ सरकारी मुल्याङकन भन्दा पनि कम मुल्याङकन गरेर सुकुम्बासी बनाउन खोजेको आरोप मिनधनीहरुको रहेको छ । जग्गा धनी दिनेश सापकोटा भन्छन् पुनमुल्याङकन नभएसम्म हामी निर्माण कार्य हुन दिदैनौ । रेल्वे बिभागका ओभरसियर कुमार भट्टराईले अबरोध भएपछि निर्माण कार्य गर्न असहज हुने बताए । पीडित जग्गाधनीको आवाज आफुले बोलेर न्याय दिलाउने प्रतिबद्धता प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले बताए । मुल्याङकन समितिले अन्याय गरेको उनेले बताए । चन्द्रपुर नगरपालिकामा लागेको ताला बुधबार १२ बजे सम्मका लागि खोलिएको नेकपाका स्थानीय नेता तथा पिडित सरोज बछारले बताए । चन्द्रपुर नगर प्रमुख रामचन्द्र चौधरीले पिडित किसानको पक्षमा नबोलेको पिडितहरुको भनाई रहेको छ ।