चन्द्रपुर,२५ कार्तिक / रौतहटको चन्द्रनिगाहपुरमा चन्द्रपुर नगर स्तरिय मानव अधिकार समिति गठन भएको छ । ईन्सेक कार्यालय प्रदेश २ को आयोजनामा समिति गठन भएको हो । समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यमा क्रमस टेक बहादुर चोटेल ,प्रेम कुमारी तिमलसिना ,बिन्दा राम ,गोबिन्द दुलाल ,स्वसतीका भण्डारी ,सरस्वती खुलाल ,शान्ति मझि ,नर्मदा तामाङ,मानाथ पराजुली ,बोल बहादुर बस्नेत ,र शान्ति बिक रहेका छन् । मानव अधिकारको संरक्षण र प्रवर्दशनका लागि चन्द्रपुरमा नगर स्तरिय समिति गठन गरेको ईन्सेक रौतहटकी कोपिला तिमलसिनाले बताईन् । कार्यक्रमको उदघाटन चन्द्रपुर नगरपालिका नगर प्रमुख रामचन्द्र चौधरीले गरेका थिय । नव गठित समितिले नगरको मानव अधिकारको अवस्था र मानव अधिकारका बिषयमा नगरबासीमा चेतना फैल्याउने काम गर्ने छ ।