गौर,२९ कार्तिक / जिल्ला बौद्धिमाई नगरपालिका वडानं २ इनर्वाको श्री आधारभूत विद्यालय इनर्वामा पठन पाठन बन्द भएको स्थानीयले बताएका छन । विद्यालयको प्रधानाध्यापक मनोज कुमार पटेलको लापरवाहीको कारण विद्यालयको शैक्षिक अवस्था एकदमै शून्य भएको स्थानीयको भनाइ रहेको छ । बिग्रिएको विद्यालयको अवस्था नाजुक रहेको विद्यार्थीहरुले गुनासो गरेका छन ।
एक महिनामा जम्मा ४÷५ दिन उपस्थित हुने प्रअ. पटेलले शैक्षिक सत्र २०७६ को ७ महिना बित्न लाग्दा पनि विद्यार्थिहरुलाई सबै बिषयका पुस्तकहरू उपलब्ध हुन नसकेको विद्यार्थीहरुले बताएका छन । प्रअ निरन्तर विद्यालयमा उपस्थित नहुने र प्रधानाध्यापकको कमजोरीका कारण अन्य शिक्षकहरु पनि समयमा उपस्थित नहुदा विद्यालयको शैक्षिक अवस्था खराब भएको विद्यार्थीहरूले बताएका छन । सामुदायिक विद्यालयलाई प्राइवेट स्कूल सरह जति बेला मन लाग्यो खोल्ने र जति बेला मन लाग्यो बन्द गर्ने प्रवित्तिले स्थानीय बासिहरु चिन्तित बनेका छन् । १० सुरु हुने पठन पाठन १ बजेनै सकिने गरेको स्थानीयको भनाइ रहेको छ । विद्यार्थीहरुले ७ महिनादेखि आफुहरुले बिषयगत पुस्तक समेत नपाएको गुनासो गरेका छन् । यस्तो बिषयमा नगरपालिकाले कुनै चासो दिएको छैन ।