कटहरिया,१ मंसिर / नेकपा प्रदेश २ का अध्यक्ष तथा पुर्व मन्त्री प्रभु साहले स्मार्ट शोच बिना स्मार्ट नगर बन्न नसक्ने बताएका छन । जिल्लाको कटहरिया बजारमा आयोजित एक कार्यक्रममा साहले सो कुरा बताएका हुन् । लामो समय देखी सांघुरीदै गएको रौतहटको कटहरिया बजारको एरिया अब बिस्तार हुने भएको देखिएको छ । साबिक हाटबजार लाग्ने स्थान भन्दा पुर्व तथा कटहरिया गा“उभन्दा दक्षिणीपट्टीको खालीरहेको एरियामा बजार बिस्तार हुने भएको हो । पुर्वमन्त्री तथा क्षेत्र ३ का संघिय सांसद प्रभु साह र बजार भन्दा पुर्वपट्टी जग्गा रहेका जग्गाधनी संगको सहकार्यमा सो क्षेत्रमा बसोबासका लागी पुर्वाधार निर्माण गरीने निर्णय भएको छ । कटहरिया बजारको विकासको बजारक्षेत्रको बिस्तार आवस्यक रहेको महसुस गरी सांसद साहले सो क्षेत्रका जग्गाधनीलाई आआफनो जग्गामा पल्टींङ गरेर मुलसडकमा कच्ची बाटो निकाल्न आग्रह गरेका थिय । कटहरिया स्थित सर्वपक्षिय बैठकमा सांसद साहले स्मार्ट सिटीको अवधारणा अनुरुप बजार बिस्तारको प्रस्ताव राखेपछी जग्गाधनीहरु सहमत भएका थिए । कच्चीबाटो लाई नाला सहित पक्की बाटो,बिद्युत,लगायतका सुबिधा आफुले गर्ने सांसद प्रभु साहले बताएपछी सबै जग्गाधनी आ–आफ्नो जग्गामा आवस्यक्ता अनुसार बाटो निकाल्न तयार रहेको एकजना जग्गाधनी बिजय साह सोनारले बताए । बाटो नभएको कारण खेतजस्तो रहेको सो जग्गाको हालको मुल्य प्रतिकठा मात्र दुई अढाई लाख हुने र पक्की बाटो निर्माण पछी सोही जग्गाको मुल्य प्रतिकठा ८÷१०लाख हुने भएकाले सबै जग्गाधनी बाटो निकाल्न र पल्टींग गर्न तयार भएका छन । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका सांसद प्रभु साहले स्मार्ट बजार बनाउन मानिसको सोच पनी स्मार्ट हुनुपर्ने जिकिर गर्दै बाटोको ट्रेक मात्रै खुलेमा यसै आर्थिक बर्षभित्र कटहरिया बजारक्षेत्र बिस्तारका लागी १० किलोमिटर सम्म बाटो कालोपत्रे गर्ने योजना रहेको बताए । रौतहट संसदिय निर्वाचन क्षेत्र ३ मा सांसद प्रभु साह निर्वाचित भएदेखी क्षेत्र अन्र्तगत दर्जनौ नया सडक निर्माण हुनुका साथै दर्जनौ साना सडक फराकिलो भई पक्की तथा कालोपत्रे निर्माण भएको छ ।