गौर,४ मंसिर / गौर भन्सारबाटै अबैध रुपमा भारतीय प्याज नेपाल भित्रने गरेको र त्यसमा भन्सार कर्मचारी र भन्सार एजेन्टको संलग्नता रहने गरेको पुष्टि भएको छ । आईतबार सशस्त्र प्रहरी बरामद गरेर गौर भन्सार कार्यालय बुझएको करिव पन्द्रलाखको प्याज भन्सार कर्मचारीकै मिलेमतोमा गोप्य रुपमा तस्कर समुहलाई दिने प्रपन्च भएको थियो ।
मंगलबार बिहान सम्म सशस्त्र प्रहरीले बरामद गरेको प्याज लिलाम भयो भनेका गौर भन्सारका कार्यालय प्रमुखले सामाजिक संजालमा त्यसको ब्यापक बिरोध आएपछि दिउसो प्याज लिलामीको सुचना निकाल्नुले समेत प्याज अबैध रुपमा नेपाल भित्राउने खेलमा भन्सार कर्मचारीको मिलेमतो रहेको सहजै अनुमान लगाउन सकिन्छ । हावाकै भरमा भन्सारले गरेको लिलामी रोकिएको छ र सशस्त्र प्रहरीले सोमबार बरामद गरेर बुझाएको ९,५०० किलो प्याजको अब लिलाम हुने भएको छ । स्रोतका अनुसार गौरका भन्सार एजेन्ट कौशल साह सहितको मिलेमतोमा प्याज पुन भारतबाट भन्सार छलेर नेपाल भित्राउने गिरोहलाईनै दिने तयारी भएको छ । रातारात दुई लाख कमिशन पाउने आसमा गौर भन्सारका कर्मचारीले बिराटनगरका एक ब्यापारी बोलाएर सोमबार राती ९० रुपैया किलोमा बेच्न लागेको प्याज समाजिक संजालमा भएको बिरोधपछि मंगलबार सय रुपैया किलोमा लिलाम गरेको थियो । गौर भन्सार कार्यालयका हाकिम राईको हर्कतका बिरुद्ध गौरका ब्यापारीले आवाज उठाएपछि उनले पाउने दुईलाख कमिशन गुमेको छ । पछिल्लो समय बंकुल नाका हुदै ठुलो मात्रामा भन्सार छलेर प्याज नेपाल भित्राउनका लागि राईले बंकुल नाकामा भन्सार कर्मचारी नराखेको समाचारस्रोतले बताएको छ ।