चन्द्रपुर,८ मंसिर / पुर्व मन्त्री एवं नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले यहि मंसिर १० गते बाराको निजगढमा आयोजना हुन गइरहेको विशाल आमसभालाई सफल र भव्य बनाउनको लागि आफना कार्यकर्ताहरुलाई आज निर्देशन दिएका छन । नेकपा प्रदेश २ को आयोजनामा मंसिर १० गते निजगढमा विशाल आमसभाको आयोजना हुन गईरहेको छ । प्रदेश नं २ को विकास र समृद्धिको लागि आयोजना हुन लागेको कार्यक्रममा ठुलो संख्यामा कार्यकर्ता ल्याएर कार्यक्रमलाई भव्य बनाउनको लागि संघिय सांसद समेत रहेका अध्यक्ष प्रभु साहले आफना नेताहरुलाई निर्देशन दिनुभएको छ । रौतहटको कटहरिया नगरपालिकाको कटहरिया स्थित तराई मधेश जनयुद्ध शहिद स्मृति प्रतिष्ठानको पांगनमा आज आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साहले यस्तो बताएका हुन । रौतहट क्षेत्र नं ३ का सांसद समेत रहेका पुर्व मन्त्री प्रभु साहले पुर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डको प्रमुख आतिथ्यमा हुने जनसभामा ठुलो संख्यामा उपस्थित भएर कार्यक्रमलाई भव्य र सफल बनाउनको लागि जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन । १० गते हुन गइरहेको आमसभाले प्रदेश २ को समृद्धि र विकासको लागि एउटा नया“ सन्देश दिने सांसद साहले बताए ।