बृन्दावन,९ मंसिर / रौतहटको बृन्दावन नगरपालिकाले चापा कलको नाममा चरम लापरबाही र आर्थिक चलखेल भइरहेको स्थानियले आरोप लागाएका छन । बृन्दावन नगरपालिकाले बिगत २ महिनादेखि नगर स्तरिय योजना अन्र्तगत उक्त चापा कल नि ः शुल्क बितरण गरिरहेको नगर प्रमुख रामस्नेही यादबले बताएका छन । सो कल बितरणको बारेमा सञ्चारकर्मीले बुझ्न खोज्दा नगर प्रमुख यादव र प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादवले पछि जानकारी दिने भन्दै पन्छिनु भएको छ । बृन्दावनमा कति ओटा कल बितरण हुने , कस्ता जनतालाई बितरण गर्ने भन्ने कर्मचारीदेखि जनप्रतिनिधिसम्मलाई सो सम्बन्धमा जानकारी नभएको र मेयर र प्रशासनिय अधिकृतको मिलोमत्तोमा गुपचुपमा सो कल बितरण गरीरहेको स्थानियले बताएका छन । स्थानिय सरकारले योजना तर्जुमा गर्दा स्थानिय स्तरमा छलफल गरि तर्जुमा गर्नु पर्ने भएतापनि सो कल बितरणबारे स्थानियलाई केही जानकारीनै नगरि आफ्ना कार्यकर्ता र नातागोतालाई मात्र बितरण गरेको स्थानियको भनाइ रहेको छ । एकै परिवारका चार जना सदस्यलाई कल बितरण भईरहदा समेत सम्बन्धित निकायले चासो नदेखाएको स्थानियले गुनासो गरेका छन । बृन्दावनको उत्तरी क्षेत्रमा पर्ने बलेरी , रमौली , खैराटोल , विश्रामपुर , धमौरा , हर्षासाका स्थानियले मात्र कल पांएको एकजना स्थानियले नाम नखोल्ने सर्तमा तराई एक्सप्रेसलाई बताए । कल बितरण भइरहेको तर दक्षिणी क्षेत्रमा पर्ने भुसाहा , बउहरि , सिसुवा धमौरा , आकरपाथर , नगरकटिया लगायतका क्षेत्रमा भने कल बितरण नभएको स्थानियले बताएका छन । बृन्दावन–६ हर्षासा चोक स्थित आशिफ हाडवेयरबाट नगर प्रमुख यादवको सिफारिसमा चापा कल बितरण भएको तर के कति कल बितरण भएको छ सोको जानकारी हाडवेयर बिक्रेता हाकिमले दिन नमानेको हो । चापा कल बितरणले सो नगरपालिकामा बिवाद हुन्थालेको छ । एकै परिवारमा २–३ वटा कल पाएका स्थानियले आफनो आफन्त तथा नातेदार काहा“ पठाउन थालेको स्थानियले बताएका छन् ।