चन्द्रपुर,११ मंसिर / रौतहटका खोला उत्खननको ठेक्का सबै स्थानीय तहले लगाएको भएपनि खोला उत्खननबाट हुने क्षती र सडकको अवस्थाका बारेमा स्थानीय तह बेखर रहेका छन् । रौतहट जिल्लाका अधिकांस स्थानीय तहले आफ्नो क्षेत्रबाट बग्ने खोला उत्खननका लागि ठेक्का लगाएका छन् । रौतहटको चन्द्रपुर नगरपालिकाले स्थानीय चांदी र बागमती खोला उत्खननका लागि ठेक्का लगाएको छ ।
खोला उत्खननका लागि ठेक्का लगाएर नगरपालिकाले आम्दानी गरेको भएपनि खोलाबाट नदीजन्य बस्तु बोक्ने ट्रिफरका कारण बनेको सडक समेत भत्कन थालेको स्थानीय बासिन्दाले बताएका छन ् ।
पछिल्लो समय चन्द्रनिगाहपुर गौर सडकमा नदिजन्य बस्तु बोक्ने ट्रिफरका कारण अन्य सवारी साधानलाई आवत जावतमा समस्या भएको गुनासो बढदै जान थालेको छ ।
यता चन्द्रपुर नगरपालिका र बृन्दावन नगरपालिकाले बागमती खोलामा लगाएको छ । बृन्दावन नगरपालिकाले लगाएको ठेक्कामा ठेकेदारले मनदाग्दी नदी उत्खनन गरेको स्थानीयको भनाइ रहेको छ । सिमा बिवादका कारण बगमती खोलामा चन्द्रपुर नगरपालिका र बृन्दावन नगरपालिकाले नदीजन्य बस्तु निकाल्नका लागि एकै स्थानमा ठेक्का लगाएका छन् ।
दुई फिट खनेर नदीजन्य बस्तु निकाल्ने ठाउमा बृन्दावन नगरपालिकाबाट ठेक्का सकार गरेका ठेकेदारले सात फिट सम्म गहिरो पारेर नदी उत्खनन गरेको जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामबषिस्ठ यादवले बताएका छन् ।
मंगलबार जिल्ला समन्वय समिति ,जिल्ला प्रशासन लगाएको टोलीले सो स्थानको अनुगमन गरेको थियो । बागमतीबाट नदिजन्य बस्तु लिएर निस्कने ट्रिफरले चन्द्रनिगाहपुर गौर रोडनै भत्काउने अवस्थामा पुगेको स्थानीयको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिकामा ट्रिफर आतंकका कारण चन्द्रनिगाहपुर गौर रोडमा हिडने अवस्थानै नरहेको स्थानीय बासिन्दा केशव बस्नेतको भनाइ रहेको छ ।
बागमतीमा जस्तै चादी खोलामा समेत नदी उत्खननका लागि ठेक्का पाएको ठेकेदारले नदीको धारनै परविर्तन हुनेगरी खोला उत्खनन गरेका कारण खोला गाउमा पस्ने सम्भावना रहेको स्थानीय बासिन्दा उपेन्द्र गोलेले जानकारी दिएका छन् ।
स्थानीय बासिन्दाले चन्द्रपुर नगरपालिकाले राजश्वका लागि जथाभाबी नदी उत्खननको ठेक्का लगाएको भएपनि उस्ले ट्रिफर आतंक रोक्न सक्नु पर्ने जनगुनासो ब्यापक रुपमा बढदै जान थालेको छ । नदीजन्य बस्तु बोक्ने ट्रिफर आतंक रोक्नका लागि चन्द्रपुर नगरपालिकाले अव चन्द्रनिगाहपुर गौर रोडको आफ्नो क्षेत्र सम्म बाईपास बनाउनुपर्ने स्थानीय स्तरमा ब्यापक आवज उठन थालेको छ । यता ओभर लोड बोक्ने ट्रिफर नियन्त्रणमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेवास्ता गरेको स्थानीयको भनाइ रहेको छ ।