बलिउड उद्योगमा केही यस्ता अभिनेत्रीको लस्कर छ जो एउटै फिल्मबाट रातारात हिट भए अनि पुनः गुमनाम भए ।
पहिलो फिल्म नै यति चर्चित भइदियो कि आज पनि ती फिल्म सबैको मनमुटुमा बसेको छ । र ती अभिनेत्री पनि । तर उनीहरुले एउटै फिल्म खेलेपछि आफूलाई एकाएक गायब गराए । बलिउड जस्तो विश्वमै सफल फिल्म उद्योगबाट किन मुख मोडे त ती अभिनेत्रीले ?
कारण यस्तो छः
मन्दाकिनी
फिल्म राम तेरी गंगा मैली बाट मन्दाकिनी रातारात हिट बनिन् । पहिलो फिल्मबाट नै चर्चा कमाएकी मन्दाकिनीको भेट अन्डरवल्र्ड डन दाउदसँग नाम जोडियो । त्यसपछि उनी फिल्म क्षेत्रबाट नै हराइन् । उनले सन् १९९० मा विवाह गरिन् ।
अनु अग्रवाल
आशिकी बलिउडकै एउटा हिट फिल्म हो । फिल्मले अनु अग्रवाललाई उचाईमा पुर्यायो । उनको अभिनयको तारिफ निकै भयो । पहिलो फिल्मबाट सफलताको शिखरमा पुगेकी अनुले फेरि उकालो लाग्ने सपना देखिनन् उनले सन् १९९६ मा सांसरिक सुखलाई छोडेर योग र अध्यात्म तिर लागिन् ।
महिमा चौधरी
बलिउडका अभिनेत्रीहरुमध्ये फरक अनुहार हो महिमा चौधरी । उनको पहिलो फिल्म परदेश पछि फेरि बलिउडमा छाउन सकिनन् ।
ममता कुलकर्णी
गलत बानीले बलिउडबाट टाढिएकी अभिनेत्री ममता कुलकर्णीले वक्त हमारा है र करण अर्जुन जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् । उनको अभिनयको धेरैले प्रशंसा गर्छन् । तर उनले आफूलाई बलिउडमा अब्बल बनाइराख्न सकिनन् । सन् २००२ मा आएको फिल्म कभी तुम कभी हम पछि बलिउडलाई विदाईको हात हल्लाईन् ।
अश्विनी भावे
फिल्म हिनाबाट चर्चा कमाएकी अश्विनी भावेले खेलेका दोस्रो, तेस्रो फिल्मले बलिउडमा चर्चा पाएन । त्यसपछि उनी अमेरिका भासिइन् ।
सोनम
ओए ओए नामले परिचित सोनमले विजय बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उनले फिल्म निर्माता राजीव रायसँग विवाह गरिन् । तर उनीहरु धम्कीको सिकार हुन पुगे र दम्पतीले नै बलिउड छोडे ।
भूमिका चावला
सर्वा्धिक चर्चित फिल्म तेरे नाम बाट डेब्यु गरेकी भूमिका चावलाको अभिनय निकै उत्कृष्ट थियो । तर योग गुरु भरत ठाकुरसँग विवाह गरेपछि उनी फिल्म क्षेत्रबाट टाढिइन् ।
ग्रेसी सिंह
सुन्दर अभिनेत्री ग्रेसी सिंहले लगान बा लोकप्रियता हासिल गरेकी थिइन् । तर उनले अर्को फिल्म खेल्ने चाहाना गरिनन् ।