चन्द्रपुर,१३ मंसिर / अझैपनि टेलिभिजन हेर्न अवैधरुपमा भारतीय डीटीएच प्रविधिको प्रयोग भइरहेको छ ।
नेपाली बजारमा भारतीय सेटअप बक्स किन्न नपाइने भएपनि सीमापारिबाट ल्याएरै भारतीय स्याटेलाइट प्रविधि प्रयोग भइरहेको हो ।
टेलिभिजन हेर्न नेपाली डीटीएच प्रविधिको प्रयोग गर्नुपर्ने भएपनि रौतहटका अधिकांश सीमा क्षेत्रमा भारतीय स्याटेलाइटकै प्रयोग भएको छ । सीमा क्षेत्रका अधिकांशले भारतीय डिजिटल प्रविधिमार्फत् टेलिभिजन च्यानल हेर्ने गरेको पाइएको हो । यसले नेपाल सरकारको राजश्व घट्ने भएकाले ठाउंठाउंमा कडाइ पनि गरिएको छ ।
तर, लुकिछिपी सीमापारिबाट सेटअप बक्स ल्याएर प्रयोग गर्ने प्रवृत्ति छ । भारतीय सेटअप बक्स प्रयोग गर्दा भारतीय च्यानल मात्रै आउने भएकाले नेपालका भन्दा भारतका गतिविधिसंग नजिक हुने गरेका छन् ।