गरुडा,१५ मंसिर / रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादवले यस वर्ष बागमति नदिमा झोलुङे पुल निर्माण गर्ने बताएका छन । मेयर यादवले नगरका पुर्वि भेग स्थित बागमति नदिको खरकी रजवाडा घाटमा झोलुङे पुल निर्माण गर्ने बताएका छन ।
केन्द्रिय बजेटबाट करोडौको लागतमा बन्न गईरहेको सो झोलुङे पुलको निर्माण कार्य यसै आर्थिक वर्ष देखी शुरु हुने मेयर यादवले बताए । करिव ८ करोडको लाग्तमा निर्माण हुन गइरहेको पुलको निर्माण कार्य दुई वर्षमा सकिने मेयर यादवले बताउनुभयो ।
पुलको टेण्डर समेत भईसकेको र अब चाडै निर्माण कार्य पनि सुरु हुने उहांले बताउनुभयो ।
वर्षोदेखी खरकी रजवाडा घाटमा पुल नहुँदा नगरपालिकाका माधोपुर, सिंगारमन धर्मपुर, लौकाहा सहित पुर्वी भेगका दर्जनौ गाउका बासिन्दाहरु डुंगामा जोखिम पुर्ण यात्रा गर्दै आएका छन । स्थानीयहरुले पुल बनाउन पटक पटक ताकेता गरेपछि उक्त पुल निर्माण गर्ने तर्फ मेयर यादवको ध्यान गएको हो ।
पुल निर्माण भएपछि अहिले जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका सर्वसाधारणलाई राहत मिल्ने छ । त्यस्तै यसै कार्यक्रममा नगर प्रमुख विरेन्द्र यादवले नगरका वडा नं २ खेसरहियामा एउटा सुविधा सम्पन्न १५ शैयाको हस्पिटल पनि निर्माण गर्ने बताएका हुन ।
यसै आर्थिक वर्षमा खेसरहियामा उक्त हस्पिटलको निर्माण कार्य शुरु हुने मेयर यादवले प्रस्ट पार्नुभयो । हस्पिटलको टेण्डर भइसकेकोले अब निर्माण कार्य पनि चाडै शुरु हुने उहांले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटबाट उक्त हस्पिटल निर्माण हुन गइरहेको मेयर यादवले बताए । हस्पिटल दुई वर्षको भित्रमा निर्माण भइसक्ने नगर प्रमुख यादवको भनाई छ । माधवनारायण नगरपालिकामा एउटा पनि राम्रो हस्पिटल नरहेको हुँदा कसैलाई कुनै समस्या हुँदा विरगंज, काठमार्डौ जानु पर्ने बाध्याता रहेकोले उक्त हस्पिटल निर्माण गर्न लागेको मेयर विरेन्द्र यादवले बताएका हुन ।
समयमै उपचार हुन नसक्दा ज्यान पनि जान सक्ने भएकोले सुविधा सम्पन्न हस्पिटल नगरपालिकामा निर्माण गर्न लागेको उनले बताए ।
हस्पिटलको निर्माण भएपछि नगरवासीलाई ज्यान सुरिक्षत हुने र नगरवासीले भरपर्दो सेवा आफनै गाउ ठाउमा पाईनेमा मेयर यादव विस्वस्त रहेका छन ।