चन्द्रपुर,२० मंसिर / चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर गौर सडक खण्डको नेपाल बैंक देखी एक सय मिटर सम्म सवारीको चापका कारण सवारी दुर्घटनाको खतरा बढदै जान थालेको छ ।
चन्द्रनिगाहपुरबाट गौर जाने बस ,म्याजिक र त्यसको पारीपट्टी टाटा सुमोको काउन्टर रहेका कारण सो स्थानमा सवारीको चाप बढेको हो । चौधरी चिया पसल सम्म लाग्ने सवारीको भिडले दुर्घटना निम्त्याउने खतरा बढदै जान थालेको स्थानीय रहेको छ ।
केही पहिला सम्म समयमा सो स्थानमा सवारी आउने र पालो पालो आउने सिस्टम रहेको भएपनि पछिल्लो समय सबै सवारी साधानको भिड सोही स्थानमा लाग्ने गरेका कारण दुर्घटनाको खतरा बढेको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बासु अधिकारीले बताए ।
सो बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले समेत वास्ता नगरेका कारण समस्या उत्पन्न भएको स्थानीय ब्यापारीहरुको भनाइ रहेको छ ।
पछिल्लो समय विकास निर्माणका नाममा नदिजन्य बस्तु बोक्ने ट्रिफरको बाल्लो आवत जावत ,भारतीय सवारी पनि तेत्तिकै चल्ने र साना सवारी र ठुला सवारी समेत गौर रोडमा गुडने गरेका कारण गौर जाने पार्कमा खतरा बढदै जान थालेको हो ।
पछिल्लो समय बागमती र चादी खोला उत्खनन गरेको नदि जन्य बस्तु बोक्ने टिफरले समेत स्थानीय बासिन्दा आजित भएका छन् ।
चन्द्रनिगाहपुरको आरआर गेष्ट हाउस देखी गैडाटार जानेबाटोमा टिफरले चुहाएको पानीका कारण बाटो हिलाम्मे भएर स्थानीयलाई आवत जावतमा समेत समस्या भएको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
यता चन्द्रनिगाहपुर गौर सडक खण्डको नेपाल बैंक देखी करिव २ सय मिटर दक्षिणको सडक अत्यन्तै जोखिम बन्दै गएका कारण त्यस तर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्ने स्थानीय युवा मुकेश गिरीको भनाइ रहेको छ ।
गौर सडमा ट्राफिक देखिएपनि ट्रफिकले गर्नुपर्ने काम नगरेका कारण समेत गौर जाने बस र म्याजिकको मनलाग्दी बढदै जान थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आगामी दिनमा सो क्षेत्रको ट्राफिक ब्यावस्थापनमा सक्रियता बढाउने बताउदै आएको छ । स्थानीयले सो क्षेत्रमा ट्राफिक प्रहरीले तत्काल ध्यान दिनुपर्ने बताए ।