एजेन्सी – हामीकहां पनि बांदरले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउदछ । किसानहरुले बांदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गरेका छन् । अहिले त स्थानीय सरकारहरुले समेत बांदर नियन्त्रणका लागि बजेट नै छुट्टाउने गरेका छन् । बा“दरको बदबासीबाट आजित भारतको कर्नाटकका एकजना किसानले चाही बांदर धपाउने अनौठो उपाय अपनाएका छन् । ती किसानले बांदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् । कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ र ती किसानले गज्जबको आइडिया लगाए । उनले आफनो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो बाघ आइडियाले निकै काम गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बांदर तर्सिन थालेको छ । कुकुरलाई साच्चीकै बाघ ठानेपछि बांदरहरु खेतको आसपास आउन समेत डराएका छन् । आशा गरौं यो कुकुरले आफ्नो बाघ अवतार कायमै राख्नेछ । यसले बांदरका अगाडि भुलेर पनि भुक्ने छैन । यदि भुक्न थाल्यो भने त बांदरले पत्तो पाइहाल्ने छन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् ।