चन्द्रपुर,२४ मंसिर / डिभिजन वन कार्यालयको बेवास्ताका कारण जिल्लामा वन्यजन्तुको अबैध चोरी सिकार गर्ने क्रम रोकिन सकेको छैन ।
पछिल्लो समय वनमा सिकार खेल्न जाने स्थानीयको समुह समेत बढदै जान थालेको ।
सरकारले वन्यजन्तु तथा पंक्षीको सिकारलाई दण्डनीय अपराध माने पनि रौतहटका विभिन्न क्षेत्रमा भने यस्ता वन्यजन्तुको अवैध सिकार बढ्दै गएको छ । जिल्लाको राष्ट्रिय वन क्षेत्रमा पर्ने गाउं नजिकको जंगलमा चोरी सिकार बढेको स्थानीय बासिन्दाले बताएका छन् ।
वन्यजन्तुमा ब“देल, हरिण, बँदेल, घोडगदाको सिकार बढ्दै गए पनि यसको नियन्त्रणका लागि भने सम्बन्धित निकायको चासो नदिएको स्थानीयको भनाइ रहेको छ ।
रौतहटका विभिन्न वन क्षेत्रमा वन्यजन्तुको अवैध सिकार बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् ।
केही साझेदारी वनका पदाधिकारी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूकै संलग्नतामा जिल्लाको दक्षिणी भेगको जंगलमा प्रतिबन्धित हतियारको प्रयोग गरेर वनमा जंगली जनावरको सिकार खेलिने गरेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
यस्तो बिषयमा डिभिजन वन कार्यालयले खासै वास्ता नगरेको सन्तपुरका स्थानीय बासिन्दा बिनोद चौधरीले बताए ।