अशोक पहाडी
रौतहट,२४ मंसिर । हरेक बर्ष सरकारले सामुदायीक विद्यालयमा अध्यानगर्ने किशोरी,दलित गरिव तथा अपाङग विद्यार्थीलाई दिदै आएको छात्राबृती रकम यस बर्ष चन्द्रपुर नगरपालिकाले दिएन् ।
चन्द्रपुर नगरपालिका भित्र रहेका ४६ वटा सामुदायीक विद्यालयले यस बर्ष छात्रबृती रकम पाउन सकेनन् । चन्द्रपुर नगरपालिकाको शिक्षा शाखाको चरम लापारवाहीका कारण ती विद्यालयले छात्र,तथा छात्राबृती रकम नपाएका हुन् । गत आर्थिक बर्षको अन्त्यमा शिक्षा शाखाले नगरपालिकासंग रकम माग गर्नुपर्नेमा माग नगरेका कारण आर्थिक बर्ष सकिएको ५ महिना बिति सक्दा समेत विद्यार्थीले छात्र,तथा छात्राबृती रकम पाउन नसकेका हुन् ।
छात्रबृती रकमबाट आफुले हरेक शाल विद्यार्थीका लागि कपडा किनेर दिने गरेकोमा यस बर्ष दिन नसकिएको जनज्योती माध्यमिक विद्यालय चन्द्रनिगाहपुरका प्रधानाध्यापक शंकर भट्टराईले बताए ।
विद्यार्थीले आफुलाई छात्राबृतीको बिषयमा पटक पटक प्रश्न सोधेर हैरान पारेको भट्टराईको भनाइ रहेको छ ।
आंगन अगाडी सिंहदरवार आंउदा समेत विद्यार्थीले छात्राबृती पाउन सकेनन् ,भट्टराईले गुनासो गरे । नगरपालिकाले रकम छुट्याउने बेलामा चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद सिग्देलनै निमित्त हाकिम भएको बेलामा नगरका विद्यार्थीका लागि छात्राबृती रकम नछुट्याइएको हो । शिक्षा शाखा प्रमुखनै नगरपालिकाको निमित्त कार्यकारी भएकाबेला छात्राबृतीको रकम नछुट्याइनु आस्चर्यको कुरा भएको एक अभिभावकले बताए ।