रौतहट,२६ मंसिर । सरकारले बिहिबार देशभर सार्वजनिक विदा दिने भएको छ । आज बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किरांत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै आज नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् । धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड भएकोले नेवार समुदायले विभिन्न उत्सव र पूजाआजा गर्ने गर्छन् । आज पहाडी समुदायले पनि कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउने गर्छन् । यी तिन पर्व आज एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।