गौर,२७ मंसिर / रौतहट जिल्लाका प्रहरी उपरीक्षक (एसपी) भुपेन्द्र खत्री बिदामा जिल्ला बाहिर हुंदा घुमुवा प्रहरीले तस्कर सघाइरहेका छन् । जिल्लाको सुरक्षा ब्यबस्थाको जिम्मा खत्रीकै बिश्वासपात्र एव रौतहटको इतिहासमा सफल र लोकप्रिय प्रहरी नायब उपरीक्षक एव प्रवक्ता नवीन कार्की कांधमा भएको बेला प्रहरी संगठनकै केही प्रहरीहरुले तस्करहरुलाई सहायता पुगेको देखिएको छ । बृफिङ र लिएको एक्सनले अपराधी ,तस्कर लगायत गलत क्रियाकलाप गर्ने धमाधम कारबाहीमा पर्न थालेपछि जिल्लावासीले सराहना गर्न लागे लगत्तै प्रहरीकै मिलोमतोमा तस्करी हुन्थालेको छ । अहिले जिल्लाका एसपी र डिएसपीको अपरेशनले अपराध गर्ने अपराधीमा रुवाबासी र भागदौड मचेको छ । प्रहरी निरीक्षक पप्पु नायकले कार्कीले दिएको निर्देशनको पाल्ना गर्न अहोरात्र खटदै आएका छन । आफ्नो मातहतका सबै प्रहरीहरुलाई गलत कार्य गर्न नदिन निर्देशन दिइरहेका छन् । धेरैलाई गोप्य सूचना संकल्न गर्न खटाईएको छ । तर खटाएको रौतहटको सादा पोशाक केही प्रहरी जवानले निर्देशनको गलत फाइदा उठाइरहेको स्रोतको दाबी छ । घुमुवा प्रहरीकै मिलोमतोमा जिल्लाको विभिन्न सिमाबर्ती नाकाबाट तस्करी भइरहेको हल्ला चलिरहेको छ । उपरीक्षक खत्री नभएता पनि उनकै दाया हात मानिने प्रहरी नायब उपरिक्षक नवीन कार्की र बंँया हात मानिने क्राइम ब्रान्च सेक्टरका प्रहरी निरीक्षक पप्पु नायक समेतको आंखामा छारो हाली चतुर घुमुवा प्रहरी मानिने प्रहरी साहायक निरीक्षक राम नरेश यादबकै इसारामा तस्करले आफ्नो धन्दा फस्टाएका छन भन्नेको कमि छैनन् ।