गौर,४ पुस / रौतहटको पश्चिमीभेग दुधिअवा प्रहरीचौकी नजिकै बाट रोटाभेटर सहीतको औनटेस्ट स्वराज ट्याक्टर चोरी भएको छ । बौधीमाई नगरपालिका ८ सरमुजवा घरभई फतुआ बिजयपुर १० दुधिअवा बस्दैआएका लखिन्द्र प्रसाद जयसवालको औनटेस्ट स्वराज ट्याक्टर रोटाभेटर सहीत चोरी भएको हो । आफनै आंगनमा पार्किंग गरी राखिएको अवस्थामा चोरसमुहले मुलढोकाको हयाण्डील फाडेर उक्त ट्याक्टर गएराती ११ः३० बजे चोरीलगेको पिडित जयसवालले बताएका छन । गत भदौ २७ गते खरीदभएको उक्त ट्याक्टर चोरीभएको स्थान बाट प्रहरीचौकी दुधिअवा मात्र ५० मिटरको दुरीमा रहेको छ । प्रहरीचौकीका प्रहरीहरु राती राती प्राय.ंगस्तीमा कम जाने भएकाले नै मात्र ५० मिटरको दुरीमा रहेको घरको ढोकाको हयाण्डिल फोडेर चोरीहुन सम्भव भएको स्थानियहरुले गुनासो गरेका छन । यो चोरीको घटनाको एकमहिना अघिमात्र दुधिअवा बजारमा हयाण्डिल लक गरी राखिएको औनटेस्ट पल्सर मोटरसाईकल चोरी भएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले ट्याक्टर र मोटरसाईकल चोरीको घटनाबारे अनुसंधान भईरहेको बताएका छन । चोरीभएको ट्याक्टरको बजार मुल्य १५ लाख ५० हजार पर्ने पिडित लखिन्द्र प्रसाद जयसवालले जानकारी दिएका छन ।