कटहरिया,४ पुस / रौतहटको कटहरिया नगरपालिका अन्तरगत बिधुत महसुल संकलन काउण्टर सञ्चालनमा ढिलाईहुने भएको छ । बिधुत प्राधिकरण मौलापुर प्रशाखा अन्तरगत कटहरिया बजारमा यही पुस १ गते देखी सञ्चालन गर्न भनिएको बिधुत महसुल संकलन काउण्टर सञ्चालनमा ढिलाई भएको हो । गौर बाट छुटयाएर मौलापुरमा गाभिएपछी कटहरिया बासीलाई सुबिधा पुग्ने उदेस्यले यही पुस १ गते देखी नगरपालिकाको कार्यालय हाता भित्रै बिधुत महसुल संकलन काउण्टर सञ्चालन गर्ने तयारी भएको थियो । स्थानिय बिधुत उपभोक्ता शेवाग्रहीलाई बिषेश सुबिधाका लागी सांसद प्रभु साहको पहलमा कटहरियामा बिधुत महसुल संकलन काउण्टर सञ्चालनको तयारी भएको थियो । बिधुत प्राधिकरण केन्द्रिय कार्यालय बाट केही प्रकृया बाँकी रहेकाले तत्काल संकलन केन्द्र सञ्चालनमा केहीसमय ढिलाईहुने बिधुत प्राधिकरण प्रशाखा मौलापुरका प्रमुख ईन्जिनियर शक्ती साहले बताएका छन । केन्द्रको प्रकृया पुरागर्न कर्मचारी खटाईसकेकाले अगामी एकहप्ता भित्र पुरा भई कटहरियामा बिधुत महसुल संकलन काउण्टर सञ्चालन हुने प्रशाखा प्रमुख शक्ती साहले प्रतिवद्धता जनाएका छन । कटहरियामा बिधुत महसुल संकलन काउण्टर सञ्चालन भएका कटहरिया नगरपालिकाका अलावा फतुआ बिजयपुरका शेवाग्रहीलाई समेत सुबिधा हुने छ ।