रौतहट,५ पुस । केही दिन देखीको शीतलहरका कारण रौतहट सहित तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो । चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शितलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा चलहपहल कम भएको छ ।
पर्सा, बारा, सर्लाही, धनुषा, महोत्तरी, सप्तरीमा शितलहरको असर बढी पर्ने भएको छ । जाडोका कारण रौतहटको प्रमुख ब्यापारीक केन्द्र चन्द्रनिगाहपुर,गौर,गरुडा,कटहरिया लगाएतका स्थानमा मान्छेको चहप पहल कम भएको छ । जाडोका कारण सर्बसाधारण घरबाट निस्कन नसक्ने अवस्था आएको स्थानीयले बताए ।