चन्द्रपुर,८ पुस ÷
जनमत पार्टीका संयोजक डा. सिके राउतले मधेशी जनताको हक अधिकार दिलाउन सक्ने एक मात्र पार्टी जनमत पार्टी नै रहेको दावी गरेका छन ।
मधेश र मधेशी जनताको अधिकार दिलाउन जनमत पार्टीको विकल्प नरहेको डा. राउतले बताएका छन ।
रौतहटको सदरमुकाम गौरमा सोमबार पार्टीद्धारा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै डा. राउत मधेशी जनताको अधिकारको नामम नेकपा, कांग्रेस, समाजवादी, राजपा लगाएतका पार्टी मधेशी जनतालाई ठग्दै आएको बताएका हुन । मधेशीलाई अधिकार दिलाउने आश्वासन दिएर पटक पटक मधेशीलाई ठगेको पार्टीलाई मधेशी जनताले परास्त गर्नुपर्ने आवश्यक्ता रहेको उहांले बताउनुभयो । मधेशी जनताको न्यार र अधिकारको लागि जेलमा बस्ने पार्टीका अध्यक्ष एक मात्रै आफु भएको र बाँकी सबै मधेशीलाई लुटने र ठग्ने काम मात्र गरेको उहाँले आरोप लगाउनुभयो .
घर घरमा रोजगार, भ्रष्टाचारको अन्त्य र मधेशीको हक अधिकार जनमत पार्टीले नै दिलाउन सक्ने भएकोले जनमत पार्टीमा आवद्ध हुन डा. राउतले सबैलाई आग्रह गर्नुभयो ।