बृन्दावन,१४ पुस / सरकारले प्रत्येक ४ महिनामा समाजिक सुरक्षा भत्ता वितरण गर्न प्रबन्ध मिलाएपनी रौतहटका केही नगरपालिकाले समय भित्र भत्ता वितरण गर्न सकेको छैन । कार्तिक मसान्तमा वितरण हुने भत्ता पुस महिनामा वितरण गरिरहेको छ । जिल्लाको बृन्दावन नगरपालिकामा लामो समय देखि रोकिएको समाजिक सुरक्षा भत्ता वितरण हुन थालेको छ । कार्तिक महिनामा पाउने भत्ता अहिले सम्म नपाउदा वृद्ध वृद्धाहरु चिन्तित बनेका थिए । बृन्दावन नगरपालिका वडा नं। १ का वडा अध्यक्ष सुबोध पटेलले भत्ता वितरण गर्न थालेपछि वृद्ध वृद्धाहरु खुशी भएका छ्न । सो नगरपालिकाका प्रत्येक वडामा भत्ता वितरण हुनथालेको हो ।