समनपुर,१५ पुस / जिल्लाको गढीमाई नगरपालिका वडानं २ का बिपन्न डोम समुदायका ४ घर परिवारलाई वडा अध्यक्षले आफ्नै पैसाले कम्बल र त्रिपाल बितरण गरेका छन् ।
वडा अधयक्ष दिपेन्द्र श्रेष्ठले आफ्नै पैसा चार थान कम्बल र ४ थान त्रिपाल दिएका हुन् । तराईमा बसोबास गर्ने डोम समुदाय जाडोका कारण समस्या परेका बेला आफ्नो वडाका डोमलाई आफुले सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।
वडा अध्यक्ष श्रेष्ठले फेकन मल्ली ,झगरु मल्ली ,कैलास मल्ली र फुलकुमारी मल्लीलाई सोमबार बिहान सो सामाग्री बितरण गरेको श्रेष्ठका सहयोगि तथा स्थानीय बासिन्दा रबिन्द्र महतोले जानकारी दिएका छन् ।